राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आफूहरूलाई बेकुफ बनाएको आरोप सुटिङका खेलाडीलगायत संघले लगाएको छ। विगत एक वर्षदेखि ताकेता गर्दा पनि आफूहरूले १३ औं सागमा हतियार र गोली नपाएको गुनासो उनीहरूले गरे।
१३ औं सागमा नेपाली खेलाडीले विदेशी खेलाडीसँग हतियार मागेर प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। २० वर्षअघि सन् १९९९ मा काठमाडौंमा आयोजना भएको आठौं सागमा चीनले उपलब्ध गराएको गोलीबाटै प्रतियोगिता खेलिरहेका नेपाली खेलाडीको गोली नपड्किँदा केही खेलाडी फाइनल खेल्न बाट बञ्चित भएका थिए।
नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले आफूहरूले पटकपटक अवगत गराउँदा पनि परिषद्ले गम्भीरताका साथ नलिएकोमा दुःखेसो पोखे।
‘प्रतियोगिता सुरु हुनुभन्दा अघि सदस्य–सचिवले ८० करोडको सामान आउँदैछ। सुटिङको हतियार, गोलीलगायत सबै मगाएका छौं। तपाईहरू ढुक्क भएर अभ्यास गर्नुस् भन्नु भएको थियो,’ अध्यक्ष श्रेष्ठले बिएल नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिँदै भने–‘हतियार र सामानको कुरा छोडौं। सुटिङको सामान तौलिने मेसिन प्रतियोगिता सुरु हुनेदिन १० बजे बिहान आएको थियो।’
राष्ट्रिय खेलकुद परिषद्ले सुटिङको सामान तौलिने मेसिन मुम्बईबाट ल्याएको बताएपनि त्यो ‘सेकेन्ड ह्याण्ड’ भएको संघले बताएको छ। ‘हामीलाई नयाँ सामान ल्याएका हौं भनेर बुझ्न भनियो। हामीले बुझेका छैनौं,’ अध्यक्ष श्रेष्ठले भने।
संघका सदस्य निरञ्जन रेग्मी परिषद् नेतृत्व गम्भीर नबन्दा यस्तो स्थिति भएको बताउँछन्। ‘उहाँहरूले पहिले खेलको गम्भीर्यतालाई बुझ्नु पर्यो। अन्तिम अवस्थामा सबै भइहाल्छ भन्ने मानसिकता त्याग्न नसक्दाको परिणाम हो,’ सदस्य रेग्मीले भने।
परिषद्ले नेपाली खेलाडीको खेल सकिएपछि शुक्रबार सुटिङको ड्रेसलगायत म्याट उपलब्ध गराएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया