लन टेनिसमा नेपालले ऐतिहासिक कास्य पदक जितेको छ। सन् १९९५ मा मद्रास सागबाट समावेश भएको लन टेनिसमा नेपालले अहिलेसम्म कुनै पदक जितेको थिएन। तर, महिला तथा पुरुष टिम इभेन्ट्समा दोहोरो पदक जित्दै नेपालले ऐतिहासिक उपलब्धी हात पार्यो।
नेपालका लागि पुरुष टिम इभेन्ट्समा संरक्षक भुषण बज्राचार्य र प्रनव खनालले कास्य जिते। यस्तै, महिला टिम इभेन्ट्समा प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले कास्य जिते।
नेपाल नम्बर १ संरक्षक भुषण र नम्बर २ प्रनवको जोडीले बंगलादेशलाई पराजित गरेको थियो। संरक्षकले पहिलो सेट ४–६ ले गुमाएको अवस्थामा ६–२, ६–१ ले खेल जितेका थिए। प्रनवले ६–० र ६–१ को जित निकाले।
फाइनल प्रवेशका लागि भएको खेलमा यो जोडी भारतसँग पराजित भयो। संरक्षक भारतीय खेलाडीसँग ६–१ र ६–१ को सेटमा पराजित भए। प्रनव ६–१ र ६–० ले पराजित भएका थिए।
नेपाल नम्बर १ महिला खेलाडी प्रेरणा र नम्बर २ सलोनीको जोडीले कास्य पदकका लागि माल्दिभ्सको जोडीलाई पराजित गर्यो। प्रेरणाले ६–१ र ६–१ को सेटमा जित निकालिन। यस्तै सलोनीले ६–४ र ६–१ ले जित हासिल गरेकी थिइन।
यो जोडी पनि भारतसँग फाइनल प्रवेशको भिडन्तमा पराजित भयो। प्रेरणा ६–१ र ६–० ले पराजित भइन् भने सलोनीले ६–२ र ६–१ को पराजय भोग्नु पर्यो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया