युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।
बिहिबार राति भएको समूह चरणको खेलमा युनाइटेड काजकिस्तानको क्लब एफसी अस्टनासँग २-१ गोल अन्तरले पराजित भएको हो। अस्टनाको लागि दिमित्री शोम्को र एक गोल गरे। यता युनाइटेडका लागि एक मात्रै गोल जेसे लिंगार्डले गरे। भने युनाइटेडका डी शोन बर्नार्डले आत्मघाती गोल गरे।
खेलको १० औं मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा घरेलु टोली खेलमा फर्किएको थियो।
खेलको ५५ औं मिनेटमा शोम्कोले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ६२ औं मिनेटमा बर्नार्डले आत्मघाती गोल गर्दा अस्टना २-१ ले विजयी भयो।
अस्टनासँग पराजित भएपनि युनाइटेड समूह एलको शीर्ष स्थानमा रहेको छ। यस अघि नै नकआउट चरणमा पुगिसकेको युनाइटेडले ५ खेलमा १० अंक जोडेको छ।
अस्टनाले खेलमा ५ खेलमा ३ अंक जोडेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया