मनिता शाहीलाई नेपाली खेलकुदमा नचिन्ने सायदै होलान्। उनले दक्षिण एसियाली खेलकुद (साग) मा मात्र होइन, एसियाडमा पनि पदक जितिसकेकी छिन्।
सन् २००६ मा श्रीलंकाको कोलम्बोमा आयोजना भएको दशौं सागदेखि मनिता नियमित नेपाली तेक्वान्दो टोलीको सदस्य हुन्। उनी पछिल्लो ४ वर्षयता विश्राममा थिइन्। दुई वर्षअघि दाम्पत्य जीवनमा बाँधिएपछि तेक्वान्दोबाट लगभग उनको नाता तोडिएको जस्तो थियो।
तर, नेपालमा १३ औं साग हुने सुनिश्चित भएपछि उनी फेरि म्याटमा फर्किइन्। अहिले उनको काँखमा २० महिने बच्चा छ। उनलाई परिवारले साथ दिएपछि पुनः खेलमा फर्किएकी हुन्। सागको तयारीमा व्यस्त मनिताले विगत एक महिनादेखि आफ्नो बच्चाको अनुहार पनि हेर्ने मौका पाएकी छैनन्।
‘भाउजुहरूले उसको सम्पूर्ण जिम्मेवारी लिनुभएको छ। मलाई खेलतर्फ मात्र ध्यान दिनु भनेर हौसाइरहनु हुन्छ। एक महिना भयो मैले बच्चाको अनुहार नहेरेको,’ उनले बिएल नेपाली सेवासँग भनिन्।
मनिताले दशौं सागमा स्वर्ण जितेकी थिइन। बंगलादेशको ढाकामा भएको एघारौं सागमा उनी स्वर्णको नजिक हुँदा पनि रजतमा चित्त बुझाउनु पर्यो। उनले २००६ को एसियन गेम्समा पनि काँस्य जितेकी थिइन्।
उनी भन्छिन्, ‘आफ्नै देशमा साग गेम्स भइरहेको कारण मेरो लागि यसले विशेष महत्व राखेको छ। पछिल्लो अनुभवका कारण मेडल जित्नेमा म निकै आशावादी छु।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया