विश्व कप क्रिकेटदेखि भारतीय टोलीमा देखा नपरेका पूर्वकप्तान महेन्द्रसिंह धोनी पुनः टोलीमा फर्किने सम्भावना बलियो भएको छ।
बंगलादेशविरूद्ध टेस्ट र टि–२० शृंखला सम्पन्न भएपछि भारतले वेष्ट इन्डिजलाई आफ्नो घर बोलाउँदैछ। समान ३ वटा टेस्ट, टि–२० र एकदिवसीय शृंखलाका लागि वेष्ट इन्डिजविरूद्ध बिहीबार भारतीय टोलीको घोषणा हुँदा धोनीको नाम पनि समावेश हुने सम्भावना बलियो छ।
युवा विकेटकिपर ऋषभ पन्तको प्रदर्शन खासै सन्तोषजनक हुन सकेको छैन। यसैले पनि धोनीको पुनरागमनलाई लिएर अडकल काटिएको हो।
यसपालि रोहित शर्मा र शिखर धवनको विषयमा पनि कुनै नतिजा आउने सम्भावना रहेको छ। रोहित लामो समयदेखि निरन्तर क्रिकेट खेल्दै आइरहेका छन्। जसका कारण उनको प्रदर्शनमा प्रभाव परेको बताइएको छ। उनलाई वेष्ट इन्डिजविरूद्ध एकदिवसीयमा विश्राम दिएर न्युजिल्यान्डविरूद्ध आगामी वर्ष हुने शृंखलाका लागि तयार पार्ने सम्भावना रहेको छ। न्युजिल्यान्डमा भारतले पाँच टि–२०, तीन एकदिवसीय र दुई टेस्ट खेल्दैछ।
रोहितले एकदिवसीयमा मौका पाएनन भने मयंकलाई टिममा समावेश गर्ने सम्भावना प्रबल छ।