सोमबार, १५ डिसेम्बर २०२५

नेपालगन्ज म्याराथनमा जुम्लाका नौ जना खेलाडी

News Image
फाइल तस्बिर
• • •

मंसिर ७ गते हुने नेपालगन्ज म्याराथनमा जुम्लाका नौ जना खेलाडी सहभागी हुने भएका छन्।

मंगलबार कर्णाली खेलकुद क्लब जुम्लाले एक कार्यक्रम गरि विभिन्न पाँचवटा विधामा सहभागीताको लागि नौ जना खेलाडीहरुलाई पठाएको हो।

४२ किलोमिटरमा पारसनाथ योगी, २१ किलोमिटरमा राममाया बुढा र मन्जु रावत, १० किलोमिटरमा विरेन्द्र भट्टराई, विनोद सुनार, र हरिशंकर घर्ती, पाँच किलोमिटरमा विकास बुढा र नारायण रावत तथा तीन किलोमिटरमा निशा पाण्डेलाई सहभागिताको लागि बिदाइ गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए।

कल्बका संरक्षक तथा जिल्ला खेलकूद विकास समितिका प्रशिक्षक अन्तर्राष्ट्रिय धावक हरि बहादुर रोकाया, जिल्ला एथ्लेटिक्स संघका सदस्य मधुराज न्यौपाने र यस क्लवका सदस्य महेन्द्र कार्कीले संयुक्त रुपमा खेलाडीहरुको बिदाइ गरेका थिए।

राममाया र मन्जु गोल्डेन ट्रेल सिरिजमा सहभागी भएका खेलाडी हुन भने पारस लामो दुरीका लागि नयाँ हुन्। अरु खेलाडीमा कोही नयाँ र पुराना छन्।

सद्भावको सहर नेपालगन्जलाई अरू सहरसँग जोड्दै विश्वमा चिनाउने अभियानका लागि आयोजना हुने नेपालजन्ज म्याराथन विगत चार वर्षदेखि क्रियटिभ ह्यान्ड्सले निरन्तर आयोजना गर्दै आएको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!