सोमबार, १५ डिसेम्बर २०२५

बार्सिलोनाका पूर्वस्ट्राइकर डेबिड भियाले लिए सन्यास

News Image
तस्बिरः एजेन्सी
• • •

स्पेनिस टिम तथा बार्सिलोनाका पूर्वस्ट्राइकर डेभिड भियाले सन्यास लिएका छन्।

हाल जापनिज कल्ब जे लिगमा भिसेल कोबेमा रहेका भियाले एक पत्रकार सम्मेलन गर्दै उनले एक सिजन बाँकी हुँदै सन्यास लिने घोषणा गरेका हुन् । १९ बर्षको उमेरदेखि सिनियर कल्बमा खेलेका भिल्लाले बार्सिलोना छाडेर पनि अष्ट्रेलिया, जापान र अमेरिकामा व्यवसायीक फुटबल खेलेका थिए।

विश्वकप र युरोकप विजेता ३७ वर्षे भिया स्पेनका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन्। स्पेनले सन् २०१० को विश्वकप र २००८ को युरोकप जित्दा भिया मुख्य खेलाडी थिए।

यस्तै भियाले बार्सिलोनाबाट दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए । 

उनले कल्ब क्यारियरमा ७५२ खेलमा ३७६ गोल गरेका छन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!