अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ टि–ट्वान्टी वरियता सार्वजनिक गरेको छ।
आइसीसीले सोमबार सार्वजनिक गरेको बरियतामा शीर्ष १०० भित्र अट्ने नेपालका चारै खेलाडी खस्किएका छन्।
पुर्व कप्तान पारस खड्का टि ट्वान्टीको ब्याटिङ वरियतामा १० स्थान खस्किएर ५५ औं स्थानमा पुगेका छन्। यस अघि पारस ब्याटिङतर्फ ४५ औं स्थानमा थिए।
पारस अलराउन्डरतर्फ पनि खस्किए ३२ औं स्थानमा पुगेका छन् । यस अघि पारस अलराउन्डरतर्फ २४ औं स्थानमा थिए।
सोमपाल कामी अलराउन्डरतर्फमा ६१ बाट ६७ औं स्थानमा पुगेका छन् । सोमपाल बलिङ वरियतामा ८५ औं स्थानमा पुगेका छन् ।
बलिङतर्फ करण केसी ८८ औं स्थानमा पुगेका छन्। यसअघि करण ७८ औं स्थानमा थिए । अलराउन्डरतर्फ पनि करण एकै पटक १७ स्थान खस्किएका छन्। यस अघि ८३ औं स्थानमा रहेका करण अन्तिम एक सय स्थानमा पुगेका छन् ।
बलिङतर्फ ६४ औं स्थानमा रहेका सन्दीप लामिछाने पनि खस्किए ६९ औं स्थानमा पुगेका छन्। यस अघि अन्तिम सयमा अटाएका अभिनास बोहोरा शीर्ष सयमा अटाउन सकेनन् । यस्तै ९० औं स्थानमा रहेका वसन्त रेग्मी पनि शीर्ष सयमा अटाएका छैनन्।
नयाँ टि–ट्वान्टी वरियताको ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरमा मोहम्मद नाबी रहेका छन् । ब्याटिङतर्फ भारतीय टोलीका कप्तान विराट कोहली १० औं स्थानबाट खस्केर १५ औं स्थानमा पुगेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया