सोमबार, १५ डिसेम्बर २०२५

साग फुटबल: विकेश, विक्रम र सुजल समेत समावेश गरि टिमको घोषणा

News Image
फाइल तस्बिर
• • •

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार यू–२३ टिमको घोषणा गरेको हो । २३ वर्ष भन्दा माथिका तीन जना खेलाडी समावेश गर्न पाइने नियम अनुसार गोलकिपर विकेश कुथु तथा मिडफिल्डर विक्रम लामा र सुजल श्रेष्ठलाई पनि टिममा समावेश गरिएको छ ।

नेपालमा साग यही मंसिर १५ देखि २४ गतेसम्म पोखरा र काठमाडौंमा हुदैछ ।

नेपाली टिम

गोलपिकरः विकेश कुथु, अर्पण कार्की र दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विकास खवास, मिचेन तामाङ र छिरिङ गुरुङ
मिडफिल्डरः सुजल श्रेष्ठ, सुनिल बल, विक्रम लामा, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आम्दाङ्बे र तेज तामाङ
फरवार्डः विमल घर्तिमगर, अभिषेक रिजाल, रेजिन सुब्बा र अञ्जन विष्ट

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!