नेपालमा अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि

बिएल

नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशियाली ब्याडमिन्टन महासंघको तत्वावधानमा नेपालमा पहिलो पटक ‘योनेक्स– सनराईज नेपाल ईन्टरनेशनल च्यालेन्ज २०१९’ बुधबारदेखि काठमाडौंमा हुने भएको छ।

नेपाल ब्याडमिन्टन संघले पत्रकार सम्मेलन आयोजना गरि उक्त जानकारी गराएको हो। प्रतियोगितामा नेपाललगायत २१ राष्ट्रका १ सय ४९ खेलाडीले कूल ५ विधामा प्रतिस्पर्धा गर्नेछन्। जसमा पुरुष तथा महिला एकल तथा युगल र मिश्रित युगलतर्फ प्रतिस्पर्धा हुनेछ।

छोरीले काजकिरिया गर्छु भन्दा पुरोहितले भने– म पापको भागिदार बन्न सक्दिनँ (भिडियोसहित)

पुरुष एकलमा विश्व वरियताको ५८ औं स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने महिला एकलमा ३८ औं वरियताकी खेलाडीले प्रतिस्पर्धा गर्ने छिन्। यस्तै पुरुष युगलमा २७ औं, महिला युगलमा ३३ औ र मिक्स युगलमा ४४ औं स्थानका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

करिव ६८ लाख ७५ हजार अनुमानित लागत रहेको च्यालेन्जमा २५ हजार डलर पुरस्कार राशी रहेको छ। जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराईजले ६ हजार, ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र व्यक्तिबाट सहयोग जुटाइने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

च्यालेन्जमा पुरुष तथा महिला एकलतर्फ विजेताले नगद १८७५ युएस डलर, उपविजेताले ९५० डलर, तेश्रोले ३६२.५० डलर, अन्तिम ८ प्रवेश गर्नेले १५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन्।

यस्तै पुरुष–महिला तथा मिश्रित युगलतर्फका विजेताले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले १ सय ८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन्।

खेलाडी तथा अफिसियलको खाने बस्ने ब्यवस्था आयोजक आफैले गर्ने समेत संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए।

 

प्रकाशित मिति: : 2019-11-10 19:29:50

प्रतिकृया दिनुहोस्