जमैकाकी उदयीमान महिला फुटबलरको छुरा प्रहार गरी हत्या भएको छ ।
मोबाइल फोनका विषय विवाद हुँदा २० वर्षीया तारानिया क्लार्कमाथि शुक्रबार छुरा प्रहार भएको थियो । उनलाई तत्काल अस्पताल पुर्याइए पनि बचाउन नसकिएको हो ।
जमैका फुटबल महासंघले तीन पटक राष्ट्रिय टिमबाट खेलिसकेकी क्लार्कको निधनको पुष्टि गरेको छ । छुरा प्रहार गर्ने पक्राउ परेका छन् ।
वाटरहाउस फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी क्लार्कले सेप्टेम्बरमा भएको ओलम्पिक छनोटअन्तर्गत क्युबाविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ मै गोल गरेकी थिइन्।
बिबिसीका अनुसार जमैका फुटबल महासंघका अध्यक्ष माइकल रिक्केछले महासंघ गहिरो शोकमा परेको बताएका छन्।
‘क्लार्कको निधनले हामीलाई धेरै दुःख लागेको छ,’ उनले भनेका छन्, ‘उनी एक अब्बल खेलाडी त हुन् नै, तर एक व्यक्तिको रूपमा पनि अत्यन्तै मिलनासार थिइन्, यसबाट हामी मर्माहत भएका छौं। ’
क्लार्क आगामी वर्ष कलेज स्कोलरसिपमा अमेरिका जाने तयारी गरिरहेकी थिइन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया