भारतमा हुने यू-१९ च्यालेन्जर ट्रफीका लागि नेपाली युवा टिमको घोषणा भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आयोजनामा हुने यो प्रतियोगितालाई लिस्ट ‘ए’ खेलको मान्यता दिइएको छ ।
नेपालले इण्डिया रेड, इण्डिया यल्लो र इण्डिया ब्लूसँग प्रतिस्पर्धा गर्नेछ ।
सिंगल राउण्ड रोबिन फर्म्याटमा हुने यस प्रतियोगितामा सबै टिमले एक अर्कासँग समूह चरणमा प्रतिस्पर्धा गर्नु पर्नेछ । शीर्ष स्थानमा रहने दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।
रित गौतमको कप्तानीमा घोषणा गरिएको टिममा लोकेश बम, त्रितराज दाश, विशालविक्रम केसी, खड्कबहादुर बोहोरा, अभिशेक बस्नेत, हरि चौहान, अरुन ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी, गौतम केसी छन् ।
प्रतियोगिता भारतको मुम्बई र विजयवाडामा आउँदो नोभम्बर ११ देखि नोभेम्बर १७ तारिखसम्म हुनेछ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया