युरोपा लिग फुटबलमा इंङग्लिश क्लब आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।
समूह चरण अन्तर्गत शुक्रबार बिहान भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया स्पोर्ट्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
आर्सनलको जितमा निकोलस पेपेले दुई गोल गरे । ग्राबियल मार्टिनेलीले एक गोल थपे । भिक्टोरियाका मार्कुस एडवार्ड र ब्रुनो दुआर्टेले एक एक गोल गरे ।
आर्सनलको घरेलु मैदानमा सुरुवाती भने भिक्टोरियाले लिएको थियो । उसका लागि खेलको आठौं मिनेटमा एडवार्डले गोुल गरेका थिए ।तर खेलको ३२ औं मिनेटमा आर्सनल खेलमा फर्कियो आर्सनलको लागि मार्टिनेलीले गोल गरे ।
यस्तै ३६ औं मिनेटमा दुआर्टेले गोल गर्दै भिक्टोरियाको अग्रता १–२ बनाए । पहिलो हाफ १–२ले पछि परेको आर्सनले दोस्रो हाफमा कम व्याक गर्यो । आर्सनलको लागि खेलको ८० औं मिनेटमा पेपेले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । यता त्यसको १० मिनेट पछि नै पेपेले पुनः गोल गर्दै आर्सनललाई ३–२ ले जिताए ।
जितसँगै समूह एफ को आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शिर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया