बंगलादेशविरूद्ध भारत टिम घोषणा, टि–२० कप्तान रोहितलाई

Agency

बंगलादेशविरूद्ध टेस्ट र टि–२० शृंखलाका लागि भारतीय टिमको घोषणा भएको छ। घोषित टोलीमा दिग्गज खेलाडी महेन्द्रसिंह धोनी टिमबाट बाहिर परेका छन्।

बंगलादेश र भारतबीच ३ नोभेम्बरदेखि तीन खेलको टि–२० शृंखला र २ खेलको टेस्ट शृंखला हुँदैछ।

भारतको टि–२० टिमको कप्तानी रोहित शर्माले गर्नेछन्। टि–२० मा विराट कोहलीलाई विश्राम दिने निर्णय गरिएको छ। टेस्टमा उनी टिमको कप्तानी गर्न फर्किने छन्।

छनोट समितिले ऋषभ पन्तलाई विकेटकिपरको रुपमा पुनः चयन गरेको छ। सञ्जु सेमसनलाई दोस्रो विकेटकिपरको रुपमा समावेश गरिएको छ।

भारतीय टेस्ट टिमः

विराट कोहली (कप्तान), रोहित शर्मा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, हनुमा विहारी, रिद्धिमान साहा, रवीन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, मोहम्मद शमी, उमेश यादव, इशान्त शर्मा, शुभमन गिल, ऋषभ पन्त।

टि–२० टिमः

रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, सञ्जु सेमसन, श्रेयस अय्यर, मनिष पाण्डे, वाशिङ्टन सुन्दर, कृणाल पाण्ड्या, युजवेन्द्र चहल, राहुल चाहर, दीपक चाहर, खलिल अहमद, शिवम दूबे, शार्दुल ठाकुर।

प्रकाशित मिति: : 2019-10-24 17:13:23

प्रतिकृया दिनुहोस्