सोमबार, १५ डिसेम्बर २०२५

स्पेन युरोकपमा छनोट

News Image
तस्बिरः एजेन्सी
• • •

स्पेन युरोकपमा २०२० मा छनोट भएको छ ।

बुधबार बिहान भएको समुह एफ अन्तर्गतको खेलमा स्पेनले स्विडेनसँग १–१ गोलको बराबरी खेल्दै छनोट भएको हो ।पहिलो हाफ बराबरी खेलेको दुबै टोलीले दुबै गोल दोस्रो हाफमा गरेका थिए ।

खेलमा स्डेनका लागि मार्कस बर्गले ५० औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।तर रोड्रीगोले खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

यो बराबरीपछि स्पेनले ८ खेलमा २० अंक जोड्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।त्यस्तै स्विडेनको ८ खेलमा १५ अंक रहेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । समुह एफमा रोमानियाको १४ र नर्वेको ११ अंक रहेको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!