सोमबार, १५ डिसेम्बर २०२५

युरोकप छनोट २०२०: वेल्सको गणितिय सम्भावनामात्रै बाँकी

News Image
तस्बिरः एजेन्सी
• • •

वेल्सले युरोकप छनोट २०२० मा क्रोएसियालाई बराबरीका रोकेको छ ।

सोमबार बिहान भएको समूह ई अन्तरगतको खेलमा वेल्सले क्रोएसियालाई १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलको नवौ मिनेटमा क्रोएसियाले निकोला वाचिकको गोलबाट खेलमा अग्रता लिएको थियो ।तर पहिलो हाफको ईन्जुरी समयमा ग्यारेथ बेलले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै युरोकपमा छनोट हुने वेल्सको गणितिय सम्भावनामात्र बाँकी छ ।

वेल्स ८ अंक सहित तालिकाको चौथो स्थानमा छ । क्रोएसिया १४ अंक सहित शीर्ष स्थानमा छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!