युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले अस्ट्रियाको क्लब स्लजबर्गमाथि रोमान्चक जित हासिल गरेको छ ।
लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले स्लजबर्गमाथि ४–३ गोल अन्तरले जित हासिल गरेको हो ।
लिभरपुलको जितमा मोहमद सलाहले २ गोल तथा साडियो माने र एन्ड्रयु रोबेर्टसनले समान एक एक गोल गरेका थिए । यता स्लजबर्गका लागि ह्वांग ही चान, टुकुमी मिनामिनो र एर्लिंग ब्राउट हलांडले समान एक एक गोल गरेका थिए ।
खेलको ९ औं मिनेटमा नै लिभरपुलले मानेको गोल मार्फत अग्रता बनाएको थियो । त्यसपछि २५ औं मिनेटमा रोबेर्टसनले गोल गर्दै लिभरपुलको अग्रता २–० मा पुर्याए । खेलको ३६ औं मिनेटमा सलाहले गोल गर्दै अग्रता ३–० बनाए ।
तर खेलको ३९ औं मिनेटमा स्लजबर्गका चानले गोल गरे ।खेलको पहिलो हाफमा ३–१ ले अगाडी रहेको लिभरपुललाई चुनौती दिदै स्लजबर्गले दोस्रो हाफमा थप २ गोल गर्यो ।
खेलको ५६ औं मिनेटमा मिनामिनोले गोल गर्दै स्लजबर्गमाथिको गोल अन्तर ३–२ मा झारे । खेलको ६० औं मिनेटमा फेरि हलांडले गोल गर्दा खेल ३–३ को बराबरीमा पुग्यो । तर त्यसपछि खेलको ६९औ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले ४–० को जित हासिल गर्यो ।
यो जितसँगै समूह इ मा रहेको लिभरपुल एक जित एक हारसहित अंक तालिको दोस्रो स्थानमा उक्लिएको छ । पराजित स्लजबर्ग समान जित सहित तोस्रो स्थानमा रहेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया