स्पेनिस ला लिगामा भिल्ला रियलले रियल बेटिसमाथि फराकिलो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा भिल्ला रियल ५–१ गोल अन्तरको फराकिलो जित हात पारेको हो ।
भिल्लाको जितमा कार्ल टोको एकाम्बीले दुई तथा सान्ती काजोर्ला, जेरार्ड मोरेनो र साम्युयल चुकयुएजेले समान एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एक गोल एमरसनले गरेका थिए ।
एकतर्फी भएको खेलमा भिल्लाले ३९ औं मिनेटमा गोल गरेको थियो । कार्ल टोको एकाम्बीकै एक गोल बाट पहिलो हाफ १–० को अग्रता बनाएको भिल्लाले दोस्रो हाफमा थप ४ गोल गर्यो । खेलको ६८ औं मिनेटमा सान्ती काजोर्लाले गोल गर्दै अग्रता २–० बनाए । त्यसको ८ मिनेट पछि नै एकाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दा भिल्ला ३–० ले अगाडी रह्यो ।
जेरार्ड मोरेनो र साम्युयल चुकयुएजेले खेलको ९० औं मिनेटमा गोल गरे ।बेटिसका लागि एक मात्रै गोल खेलको ४८ औं मिनेटमा एमरसनले गरेका थिए ।
जितपछि भिल्लारियल अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । ७ खेलमा ३ जित २ बराबरी र २ हारसहित भिल्लाले ११ अंक बटुलेको हो ।त्यस्तै रियल बेटिस भने ७ खेलमा ८ अंक बटुलेको छ र अंक तालिकामा नवौ स्थानमा रहेको छ ।
अहिले अंक तालिकामा रियल म्याड्रिड १४ अंकसहित शिर्ष स्थानमा छ भने बार्सिलोना र सेभियाजस्ता ठुला क्लब १०-१० अंक सहित सातौ र आठौ स्थानमा पुगेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया