सोमबार, १५ डिसेम्बर २०२५

एकदिवसीय सिरिज खेल्न श्रीलंकाको टिम पाकिस्तानमा

News Image
Agency
• • •

श्रीलंका र पाकिस्तानबीचको एकदिवसीय सिरिज कराँचीमा सुरु हुँदैछ ।

श्रीलंका र पाकिस्तानबीचको पहिलो एक दिवसीय शुक्रबार दिउँसो पौने ४ बजे सुरु हुने छ ।२००९ मा श्रीलंका टिममाथि पाकिस्तानमा भएको आतंकवादी हमला पछि पहिलो पटक पाकिस्तानमा श्रीलंकाको टिम सिरिज खेल्न गएको हो ।

यो सिरिजका लागि पाकिस्तानले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

तर श्रीलंका टिमका स्टार खेलाडीहरु भने पाकिस्तान गएका छैनन् ।

गएको महिना बंगलादेशविरुद्ध ह्वाइटवास गरेको श्रीलंकन टिम स्टार खेलाडीबिनै पाकिस्तानविरुद्ध मैदानमा हुँदा त्यति सहज भने हुने छैन ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!