चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कपमा दोस्रो डिभिजनको ग्रिम्सबी टाउनमाथि प्रभावशाली जित निकालेको छ ।
घरेलु मैदान स्टाफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले ग्रिम्सबीमाथि ७–१ को प्रभावशाली जित निकाल्दै इएफएलको चौथो चरणमा प्रवेश गरेको हो । चेल्सीको फराकिलो जितमा मिचे बात्सुयाईले दुई तथा रोस बार्कली, पेड्रो रोड्रिग्वेज, कोर्ट जुमा, रिस जेम्स र कलुम हड्सन ओडोइले समान १–१ गोल गरे । पाहुना टोलीका म्याथ्थयु ग्रीनले एक गोल फर्काए ।
खेलको चौथो मिनेटमा नै रोस बार्कलीले बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाए । सातौ मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै चेल्सीको अग्रता २–० बनाए ।
१९औं मिनेटमा म्याथ्थु ग्रीनले गोल गर्दै टोलीलाई २–१ मा ल्याएका थिए । ४३औं मिनेटमा पेड्रो रोड्रिग्वेजले पेनाल्टीमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो ।
दोस्रो हाफमा चेल्सीले थप चार गोल गर्न सफल भयो । ५६औं मिनेटमा कोर्ट जुमाले गोल गरेपछि चेल्सीले ४–० को अग्रता बनायो । त्यस्तै ८२औं मिनेटमा रिस जेम्सले गोल गरे ।
८६औं मिनेटमा बात्सुयाईले गोल गरेपछि चेल्सीले खेलमा ६–१ को अग्रता बनायो । ८९औं मिनेटमा मिचे बात्सुयाईले टोलीका लागि सातौ तथा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ७–१ को फराकिलो जित दिलाए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया