स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले २–१ को जित दर्ता गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनाले छैटौं मिनेटमा नै अग्रता लिएको थियो । मेस्सीको क्रसमा ग्रिज्मनले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा गोल गर्दै आर्थरले अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत हुँदा २–० को अग्रता बनाएको थियो ।
पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सान्टि कजोर्लाले उत्कृष्ट गोल गर्दै भिल्लारियललाई खेलमा फर्काएका थिए ।
यस जितसँगै बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ६ खेलमा १० अंक रहेको छ । ग्रानडा, एथलेटिक बिल्बाओ र रियल म्याड्रिडको समान ११–११ अंक छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया