बार्सिलोनाका कप्तान लिओनल मेसी फिफा वर्ष खेलाडी २०१८ भएका छन्। सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेसीले यो अवार्ड जितेका हुन् ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान आयोजित विशेष कार्यक्रममा मेसीलाई ुद बेष्टु अवार्ड प्रदान गरेको हो।
मेसीले गएको वर्ष राष्ट्रिय टिमबाट खासै राम्रो गर्न सकेनन्, च्याम्पियन्स लिगमा पनि उनको टिम बार्सिलोनाले खासै राम्रो गरेको होइन । तर, ला लिगा फुटबलको उपाधि भने बार्सिलोनाले जितेको थियो त्यसमा मेसीको भूमिका महत्वपूर्ण थियो।
गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी कुल ५८ खेलमा ५४ गोल गरेका मेसीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।
केही समयअघि बालोन डी’अवार्डमा मेसी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार मानिएको थियो । तर मेसीले भान डिजेकलाई पछि पारे । मेसीले कुल ४६ वरीयता अंक जोड्दै छैटौं पटक अवार्ड जित्न सफल भए ।
भान डाइकले ३८ अंक तथा रोनाल्डोले ३६ अंक पाए । फिफाको वेस्ट बर्ष खेलाडीको छनोट फिफामा आवद्ध सबै देशका प्रशिक्षक र कप्तानले दि बेस्टका लागि मतदान गरेका थिए ।
यस अवार्डका लागि मेसीले ५ अंकको पहिलो मत लिभरपुलका साडियो मानेलाई दिएका थिए भने दोस्रो स्थानको ३ अंकको भोट रोनाल्डोलाई दिएका थिए । यस्तै मेसीले १ अंकको तेस्रो भोट आफ्ना सहकर्मी फ्रेन्की डी योङलाई दिएका थिए ।
तर, रोनाल्डाले भने यस अवार्डका मेसीलाई भोट गरेनन् । उनले ५ अंकको लागि पहिलो भोट आफ्ना सहकर्मी माथिस डी लिग्टलाई दिँदा दोस्रो बार्सिलोनका फ्रेन्की डी योङ तथा तेस्रो भोट पीएसजीका स्टार किलियन एम्बाप्पेलाई दिएका थिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया