सोमबार, १५ डिसेम्बर २०२५

बार्सिलोनाको टोलीमा डेम्बेले फर्किदा राकिटिक र कार्लोसले स्थान पाएनन्

News Image
तस्बिरः एजेन्सी
• • •

भिल्लारियलविरुद्ध खेल्ने बार्सिलोनाको टोलीमा उस्मान डेम्बेले परेका छन् ।

स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा नै साविक विजेता बार्सिलोना एट्लेटिको विल्बाओसँग १–० गोलअन्तरले पराजित हुँदा डेम्बेले घाइते हुन पुगेका थिए ।

खुट्टामा चोट बोकेका डेम्बेले लामो समयसम्म मैदान बाहिर नै रहने भएपछि बार्सिलोनालाई निकै ठूलो धक्का लागेको थियो। तर डेम्बे फर्किएपछि इभान राकिटिकलाई भने टिममा राखिएन । उनी यो सिजन प्रशिक्षक भालभर्डेको रोजाईमा कम पर्ने गरेका छन् ।

यस्तै कार्लोस परेज पनि टोलीमा छैनन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!