एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेस्ट राष्ट्रसँग खेल्न पाउने छ ।
यस्तो छ पुरुष सिनियर टोलीको तालिका
एसीसीले फेबुअरीमा वेस्टर्न रिजन टि–२० छनोट आयोजना गर्नेछ । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरेबिया र युएई रहेका छन् ।
विजेता टोली अगष्टमा हुने एसिया टि–२० क्वालिफायर खेल्न पाउने छ । प्रतियोगिता कुन देशमा हुने त्यो भने टुङ्गो लाग्न बाँकी छ ।मार्चमा थाईल्यान्डमा ईस्टर्न रिजन टि–२० प्रतियोगिता हुने छ । प्रतियोगितामा आयोजक थाईल्यान्ड सहित नेपाल, भुटान, चीन, मलेसिया, म्यानमार, हङकङ र सिंगापुर छन् ।शीर्षस्थानमा रहने टोलीले अगष्टमा मलेसियामा हुने टि२० क्यालिफायरमा सहभागिता जनाउन पाउने छ ।
क्वालिफायरमा इस्टर्न र वेस्टन रिजनका विजेता सहित अन्य दुई टोली गरि कुल ४ टोलीबीच प्रतिस्पर्धा हुने छ । जसबाट विजेता टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छ । एसिया टि२० एक क्वालिफायर भएर आएको टिमसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।
त्यस्तै आईसीसीको एक दिवसीय वरीयतामा एसियाको तर्फबाट टेष्ट राष्ट्र बाहेक अन्य शीर्ष ३ स्थानमा रहने टोलीले डिसेम्बरमा भारतमा हुने इमरर्जिङ एसिया कप खेल्न पाउने छन् । जुन ५० ओभरको हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित एसियाका आईसीसीको शीर्ष तीन वरीयतामा रहेका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

महिला टोलीलाई पनि टेष्ट राष्ट्रसँग खेल्ने अवसर
त्यस्तै महिला टोलीलाई पनि टेष्ट राष्ट्रसँग खेल्ने अवसर छ । मलेसियामा जुनमा महिला एसिया टि २० क्वालिफायर हुने छ । यस छनोटमा ८ टोलीको सहभागिता रहने छ । तर सहभागि टोलीको एसीसीले नाम खुलाएको छैन ।
इस्टर्न र वेस्टन रिजनबाट ४ तथा एसीसीले अन्य ४ टोलीलाई सोझैं मौका दिने छ । फाइनलमा पुग्ने टोलीले सेप्टेम्बरमा बंगलादेशमा हुने महिला एसिया कप खेल्ने छन् । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र क्वालिफायरको फाईनलमा पुगेका टिमबीच प्रतिस्पर्धा हुने छ ।
यू १९ एसिया कप यूएईमा
सन् २०२० को यू १९ एसिया कप यूएईमा हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित इस्टर्न रिजनबाट दुई र वेस्टन रिजन २०१९ को विजेताबीच प्रतिस्पर्धा हुने छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया