इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले लिसमाथि ४–१ को फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा नेपोलीको जितमा फर्नान्डो लोरेन्टेले दुई तथा लोरेन्जे इनसिग्ने र फावियनले समान एक गोल गरे । घरेलु टोलीका मार्को मनकोसुले सान्त्वना गोल फर्काए ।
नेपोलीले खेलको २८औं मिनेटमा फर्नान्डो लोरेन्टेको गोलबाट अग्रता लिएको थियो । ४०औं मिनेटमा इनसिग्नेले गोल गर्दै नेपोलीलाई पहिलो हाफमा २–० ले अघि बढाए ।
५२औं मिनेटमा फावियनले गोल गर्दै नेपोलीलाई ३–० को अग्रता दिलाए। त्यस्तै खेलको ६१औं मिनेटमा मार्कोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर फर्नान्डो लोरेन्टले गोल गर्दै घरेलु टोलीलाई ४–१ को हार चखाए ।
जितसँगै नेपोली ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लिस ३ अंक जोडेर १८औं स्थानमा छ ।
गएराति नै भएको खेलमा ससुलोविरुद्ध एसपाल ३–०,साम्पोडोरियाविरुद्ध टोरिनो १–० र लाजियोविरुद्ध पर्मा २–० विजयी भए । यता बोलोग्नाविरुद्ध रोमा १–२ हुँदा एटलान्टा र फियोरेन्टिना २–२ गोलमा रोकिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया