स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले स्पेनको राष्ट्रिय टोलीबाट फुटबल खेल्न पाउने भएका छन् ।अफ्रिकी मुलुक गिनीया बिसाउमा जन्मिएका फातीलाई स्पेनले नागरिकता दिएपछि उनको स्पेनबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने बाटो खुलेको हो ।
यसै सिजन बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका फाती ६ वर्षको उमेरदेखि स्पेनको सेभियामा बस्दै आएका छन् । स्पेनमा १० वर्ष बसेपछि विदेशी नागरिकले त्यहाँको नागरिकताको लागि दाबी गर्न सक्ने प्रावधान छ । सोही आधारमा फातीले पनि स्पेनको नागरिकता पाएका हुन् ।
स्पेनिस नागरिक भएसँगै १६ वर्षीय फातीले स्पेनबाट अन्डर १७ विश्वकप खेल्ने सम्भावना बढेको छ ।स्पेनबाट २०१९ को अक्टोबरमा ब्राजिलमा हुने यु१७ विश्वकपमा खेलाउने प्रयत्न भइरहेका खबर आइरहेका छन्। अन्सुका बुबा बोरी फाती पनि आफू गिनि बिसाउमा जन्मिएको भए पनि कर्म स्पेनमा नै भएकोले आफ्नै देश लाग्ने बताउँछन्।
फातीले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बोरुसिया डर्टमन्डविरुद्धको खेल खेल्दै बार्सिलोनाबाट कम उमेरमा युरोपियन च्याम्पियन्स लिग खेल्ने खेलाडीको किर्तिमानसमेत रचेका छन् । फातीले ला लिगामा तीन खेल खेल्दै दुई गोल गरिसकेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया