२ दिने राजकीय भ्रमणका लागि काठमाडौं आउँदै गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङ चढेको जहाज चेन्नाईबाट उड्ने बित्तिकै नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ।
नेपालको राजकीय भ्रमणमा भारतको चेन्नाईबाट शनिबार काठमाडौं आउन लागेका सीको जहाज नेपाल उडेसँगै त्रिभुवन विमानस्थलको आन्तरिक र बाह्रय उडान प्रभावित भएपछि सयौं यात्रुहरुको यात्रा प्रभावित भएको छ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिड नेपालमा आउँदा र जाँदा करिव ५ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने विमानस्थलले जनाएको छ।
आज साढे दुई घण्टा र आइतवार साढे दुई घण्टा गरी जम्मा पाँच घण्टा विमानस्थलको उडान प्रभावित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार राष्ट्रपति सीको आगमन र बिदाइको समयमा विमानस्थल प्रभावित हुने भएको हो।
शनिवार दिउँसो २:५५ देखि साँझ ५:२५ वजेसम्म तथा आइतवार बिहान ११:२० देखि दिउँसो १:५० वजेसम्मका लागि नोटम जारी गरिएको छ। सो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान प्रभावित हुनेछन्।
अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारणसमेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको विमानस्थलले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया