केही बेरमा चिनीयाँ राष्ट्रपति काठमाडौं आइपुग्दै, सुरक्षा व्यवस्था अत्यान्त कडा

तस्बिरः बिएल

नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौं आउँदैछन् ।

शनिबार भारतको चेन्नाईबाट नेपालको दुई दिने राजकीय भ्रणका लागि प्रस्थान गरेका उनी साँझ ५ बजे काठमाडौं आइपुग्ने छन्।

राष्ट्रपति सी काठमाडौंका लागि प्रस्तान गरेसँगै काठमाडौंको सुरक्षा अवस्था कडा पारिएको छ। नेपाली सेना ब्यारेकबाट निस्किएर मुख्य–मुख्य सडकमा गस्ती गरिरहेको छ।

राष्ट्रपति सी आउने रूटका सडकहरु विशेष निगरानीमा राखिएको छ। राष्ट्रपति सीको सुरक्षाका लागि ४ तहको सुरक्षा घेरा निर्धारण गरिएको जनाइएको छ।

पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका सादा पोशाकका सुरक्षाकर्मी छन्।

चीनबाटै आएका सेना र विशेष कमाण्डोसमेत सी को साथमै रहने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार नेपाल आउन लागेका हुन् ।

चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: : 2019-10-12 15:48:11

प्रतिकृया दिनुहोस्