सोमबार, १५ डिसेम्बर २०२५

युरोपियन च्याम्पियन्स लिग सुरु हुँदै, आज आठ खेल हुने, मेसी फिट

News Image
तस्बिरः एजेन्सी
• • •

युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबारबाट सुरु हुँदैछ। आज राति समूह चरणका आठ खेल हुनेछन्।

इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा अर्को इङ्गलिस क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनको भ्यालेन्सियासँग खेल्नेछ ।

आजै जर्मनीमा हुने खेलमा बोरूसिया डर्टमण्ड र बार्सिलोना भिड्नेछन् । यो खेलका लागि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी ‘फिट’ रहेको बताईएको छ।

आज राति इटालीको ईन्टर मिलानले चेक गणतन्त्रको स्लाभिया प्रागसँग खेल्दा फ्रान्सको लियों र रुसको जेनिथ, अष्ट्रियाको साल्जबर्ग र बेल्जियको गेन्क, पोर्चुगलको बेनिफीका र जर्मनीको आरबी लेप्जीग तथा नेदरल्याण्ड्सको आयाक्स र फ्रान्सको लिल् भिड्नेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!