सोमबार, १५ डिसेम्बर २०२५

अस्ट्रेलियाकी मेगन दुई पल्ट हयाट्रिक विकेट लिने पहिलो महिला क्रिकेटर

News Image
Agency
• • •

अस्ट्रेलियाकी तीब्र बलर मेगन स्कट एकदिवसीय क्रिकेटमा दुई पल्ट हयाट्रिक लिने महिला क्रिकेटर बन्न पुगेकी छिन्।

उनले वेष्ट इन्डिजविरूद्ध तेस्रो एकदिवसीयमा हयाट्रिक लिँदै यो कीर्तिमान रचेकी हुन्। २६ वर्षीय मेगनले ९ दशमलव ३ ओभरसम्म कुनै विकेट लिन सकेकी थिइनन्। तर, बाँकीको तीन बलमा चिनेल हेनरी, करिश्मा रामहाराक र एफी फ्लेचरलाई आउट गर्दै उनले हयाट्रिक पुरा गरिन्।

नेपालको पहिलो उप–सभामुख कमल राणा भन्छिन्– बिपी जस्तो नेता अहिलेसम्म कोही छैन (भिडियोसहित)

वेष्ट इन्डिजले पहिलो ब्याटिङ गर्ने क्रममा १ सय ८० रन बनाएको थियो। प्रत्युत्तरमा एलिसा हिली ६१ र कप्तान मेग लेनिङको ५९ रनको अर्धसतकीय इनिङका कारण ५ खेलको शृंखलामा ३–० को अग्रता बनायो। अस्ट्रेलियाले ३१ दशमलव १ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो।

मेगनले गत मार्चमा भारतविरूद्ध टि–२० मा मुम्बईमा पहिलो हयाट्रिक लिएकी थिइन। यति बेला स्मृति मंघाना, कप्तान मिताली राज र दिप्ति शर्मालाई उनले आउट गरेकी थिइन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!