सोमबार, १५ डिसेम्बर २०२५

वेष्ट इन्डिजविरूद्ध भारतको ‘क्लिन स्विप’, विराटले तोडे धोनीको कीर्तिमान

News Image
Agency
• • •

वेष्ट इन्डिजविरूद्धको दोस्रो टेस्ट भारतले २ सय ५७ रनले जितेको छ। जमैकास्थित सबिना पार्कमा भएको टेस्टमा आफ्नो आधिपत्य जमाउँदै भारतले शृंखलामा क्लिन स्विप गरेको छ।

सोमबार चौथो दिन भारतलाई जितका लागि ८ विकेट आवश्यक थियो। चियाको समयभन्दा १० ओभर अगाडि भारतीय बलरले सबै विकेट झार्न सफल भए।
भारतले यसअघि क्यारेबियाली टिमलाई टि–२० मा ३–०, एकदिवसीयमा २–० ले हराएको थियो।

दुई वटा टेस्टको शृंखलामा पनि वेष्ट इन्डिज क्लिन स्विप भएको छ।
दोस्रो टेस्टको नायक हनुमा विहारी बने। उनले पहिलो इनिङमा १ सय ६४ रन बनाएका थिए भने दोस्रो इनिङमा अर्धसतक बनाएका थिए। उनलाई ‘म्यान अफ दि म्याच’ घोषित गरियो।

दोस्रो टेस्टको जितसँगै विराट कोहली भारतको सबैभन्दा सफल टेस्ट कप्तान बन्न सफल भएका छन्। उनको कप्तानीमा भारतले २८ टेस्ट जितेको छ। हाल भारत आइसिसीको वरियतामा पनि पहिलो नम्बरमा छ।

याे पनि हेर्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

कोहलीले महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले जितेको टेस्टको सूचिलाई उछिनेका छन्। धोनीको कप्तानीमा भारतले २७ टेस्टमा जित दर्ता गरेको थियो।

भारतले पहिलो ब्याटिङ गर्ने क्रममा ४ सय १६ र दोस्रो इनिङमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो।

प्रत्युत्तरमा वेष्ट इन्डिज पहिलो इनिङमा १ सय १७ र दोस्रो इनिङमा २ सय १० रनमा आउट भयो।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!