चीनमा कसरी शक्तिशाली बने राष्ट्रपति सी जिङफिङ ?

जीबि टाइम्स।

पल्लो शान सि प्रान्तको फू भिङ जिल्लामा सन् १९५३ को जुनमा जन्मिएका चीनका राष्ट्रपति सी चिनफिङ चिनियाँ क्रान्ति (सन् १९४९) यता राष्ट्रपति हुने पहिलो चिनियाँ नेता हुन्।

बुवा सी जोङसुन र माता छि सीनका दुई सन्तानमध्ये जेठा छोरा सी ‘हान जाति’ लाई प्रतिनिधित्व गर्छन्।

सी १९८७ मा चर्चित लोकगायिका पेङ लियुआनसँग वैवाहिक बन्धनमा बाँधिएका थिए। निकै आकर्षक शरीर भएकी पेङलाई अहिले पनि पश्चिमा सञ्चार जगतले निकै सुन्दर ‘पहिलो महिला’ को रुपमा व्याख्या गर्छन्। सीका बुवा चिनियाँ क्रान्तिका नायक तथा चीनका राष्ट्रपिता माओका दौतरी हुन्। तर, माओसँग मतभेद बढेपछि सीकाे बुवालाई जेलमा काेचिएकाे थियाे। त्यति बेला सीकाे उमेर १५ वर्ष मात्र थिए।

‘चिनियाँ राष्ट्रपतिको अपेक्षा ओबिआरको काम द्रुतगतिमा बढोस्ः बिनोद बिष्ट (भिडियाे सहित)

सीको लोकप्रियता यति बेला चीनमा मात्र नभई, विश्वभरी फैलिएको छ। अमेरिका र बेलायतका कतिपय राजनीतिक प्राध्यापक सीलाई २१ औं शताब्दीका सबैभन्दा प्रभावशाली र बुद्धिमान राजनेता मान्छन्।

राष्ट्रपति सीको शान्त स्वभाव, अ–हस्तक्षेपकारी भूमिका र सह–अस्थित्वको आधारमा अरुलाई गर्ने व्यवहारले पश्चिमा जगतमा उनको छुट्टै छाप बसेको छ।

‘ह्वेन चाइना रुल दि वल्र्ड’ का लेखक मार्टिन ज्याक भन्छन्, ‘राष्ट्रपति भएपछि सीको आन्तरिक र बाह्य मामिलामा देखिएको प्रभावले उनलाई प्रभावशाली राजनेता मान्ने आधार प्रस्ट देखिन्छ।’

सन् १९६९ को जनवरीदेखि सीले पेशागत रूपमा काम थालेका थिए। उनले ‘लेछिङ ह्वा विश्वविद्यालय’ को मानव तथा समाजशास्त्र विषयअन्तर्गत मार्क्सवादी सिद्धान्त तथा वैचारिक राजनीतिक शिक्षण बिषयमा स्नातक गरेका छन्। उनले कानूनमा विद्यावारिधीसमेत गरेका छन्।

उनी सन् १९७४ को जनवरीमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए। हाल उनी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष र जनगणतन्त्र चीनका राष्ट्राध्यक्ष हुन्।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको काठमाडौंमा भव्य तयारी (भिडियाे)

सन् १९६९ देखि १९७५ सम्म पल्लो शान सि प्रान्तको येन छ्वान जिल्लामा रहेको ‘वन आन यी’ कम्युनअन्तर्गत ‘ल्याङ च्या ह’ टोलीमा रहेर उनले विद्यार्थी अवस्थामै श्रमिकको जीवनयापन गरेका थिए।

सन् १९७५ देखि १९७९ सम्म ‘छिङ्ग ह्वा विश्वविद्यालय’ मा रासायनिक उद्योग विषयमा अध्ययन गरेका सी राज्य परिषदको कार्यालय तथा चीनको केन्द्रीय सैन्य आयोग कार्यालयका सचिव समेत भए।

चिनियाँ राष्ट्रपति सीको निकै लोकप्रिय पुस्तक ‘दि गर्भन्नेन्स अफ चाइना’ सन् २०१४ मा प्रकाशित भएको थियो। अठार अध्यायमा संग्रहीत यस पुस्तकमा ७९ वटा लेख, रचना, धारणा, अन्तर्वार्ता लगायतका विषयवस्तु समेटिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव र जनगणतन्त्र चीनका राष्ट्रपति भएपछि सीका विचारलाई पुस्तकमा समेटिएको छ।

चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमणले क्षेत्रीय सन्तुलन कायम हुनेछ: हिमालय शमशेर (भिडियाे सहित)

सन् २०४९ मा चीनमा कम्युनिस्ट शाषन स्थापना भएको शताब्दी पुरा हुँदैछ। यो बेलासम्म चीन एक समृद्ध, समाजवादी, आधुनिक एवं पूर्ण विकसित मुलुकमा दरिने लक्ष्य उनले राखेका छन्।

पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यताको आफ्नै विशेषता छ। त्यसैले सीले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा जुट्न आफ्ना पार्टी सदस्य एवं जनतालाई आग्रह गरेका छन्।

चीनको आफ्नै चरित्र रहेको भन्दै उनले चीनले कसैको राजनीतिक कार्यक्रमको हुबहु सिको गर्न आवश्यक नरहेको बताउँदै आएका छन्।

उनको तर्क छ– ‘चिनियाँ राजनीतिक व्यवस्था देशको माटो सुहाउँदो छ। यसले जनताका चाहना सम्बोधन गरेको छ।’

सन् २०४९ को लक्ष्यलाई पुरा गर्न पार्टीभित्र अनुशासन, भ्रष्टाचारको समूल अन्त्य र उत्तरदायित्व बहन जस्ता विषयलाई जोडतोडका साथ कार्यान्वयन गराउन उनी प्रतिबद्ध देखिन्छन्।

नेपाल र चीनबीचको मित्रता हिमालजस्तै अग्लो र अटल: चिनियाँ राष्ट्रपति (फोटो फिचर)

आफू राष्ट्रपति भएपछि सीले चालेको राजनीतिक शुद्धीकरण र भ्रष्टाचारविरुद्धको अभियानले उनलाई चीनभित्र निकै लोकप्रिय बनाएको छ।

भ्रष्टाचारविरुद्ध कारबाहीलाई चिनियाँ राष्ट्रपति सीले चीनको एक महत्वपूर्ण कार्यक्रम भनेका छन् । यसले जनतामा पार्टी र सरकारप्रति विश्वास जगाउने र चिनियाँ सपना पूरा गर्न सहयोग पुग्ने उनको दावी छ।

चीनको अति महत्वाकांक्षी कार्यक्रम मानिएको ‘एक क्षेत्र एक मार्ग’ को अवधारणा एवं एक्काईसौं शताब्दीको सामुद्रिक रेशमी मार्गजस्ता कार्यक्रमलाई चिनियाँ राष्ट्रपतिले गम्भीरतापूर्वक विश्व मञ्चमा उठाउँदै आएका छन्।

राष्ट्रपति सीसँग रात्रीभोजमा सहभागी हुने नेताहरुलाई परराष्ट्रको सातबुँदे शर्त !

हाल जोडतोड रुपमा कार्यान्वयन भइरहेको उक्त कार्यक्रमबारे चिनियाँ राष्ट्रपतिको विशेष चासो छ।

चिनियाँ सपनासँग विश्वको सपना पनि जोडिएको हुनाले साझा लक्ष्य हासिल गर्न पारस्परिक हित हुने गरि मिलेर काम गर्नुपर्नेमा सीले विशेष जोड दिँदै आइरहेका छन्।

चीनको नयाँ परिस्कृत रेशम मार्ग परियोजनालाई पश्चिमा सञ्चार माध्यमले बेइजिङको ‘नयाँ मार्शल प्लान’ भनि आलोचना गर्दै आइरहेका छन्। तर, चीनले विश्वमा शान्ति, स्थिरता, समृद्धि एवं साझा लक्ष्य हासिल गर्न महत्वपूर्ण हुने भन्दै आफ्नो महत्वकांक्षी योजनाको बचाउ गर्दै आइरहेको छ।

चिनियाँ राष्ट्रपति सीले महत्वका साथ उल्लेख गरेको मुख्य समाजवादी मूल्य हासिल गर्ने कार्यक्रममा समृद्धि, प्रजातन्त्र, स्वतन्त्रता, समानता, एकता, न्याय, विधिको शासन, राष्ट्रप्रेम र भातृत्व भनेका छन्।

राष्ट्रपति सीको चिनियाँ सपनाको लक्ष्य पूरा गर्ने कार्यक्रम महत्वाकांक्षी मात्र नभई त्यसको कार्यान्वयनको चरण हेर्ने जोकोहीलाई आश्चर्यचकित पार्दछ। सन् २०१३ मा चीनले रेशम मार्गको नयाँ अवधारणा अगाडि बढाएयता हालसम्म तीसभन्दा बढी देशसँग सम्झौता गरिसकेको छ। यति ठूलो योजनामा यति धेरै देशलाई विश्वासमा लिन सक्नु चिनियाँ नेतृत्वको खुबी हो।

राष्ट्रपति सीको भ्रमण: मुख्य सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन उर्दी

कुनै बेला देङ सिआओ पिङले विश्वका विकसित भनिएका मुलुकहरूले पाँच सय वर्षमा गरेको काम ५० वर्षमा सक्नैपर्ने चीनको बाध्यता छ भनेर त्यसै भनेका होइनन्।  त्यसैले पनि कार्यक्रम कार्यान्वयनमा तीन दशकयताको चिनियाँ नेतृत्व संसारमै उदाहरणीय मानिन्छ।

चिनियाँ राष्ट्रपति सीले ६ वटा सुधारका कार्यक्रमलाई निकै महत्वका साथ अगाडि बढाएका छन्। यसमा आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, वातावरणीय र पार्टी संरचना रहेको छ।

अक्टोबर २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ राष्ट्रिय कंग्रेस (पार्टीको सर्वोच्च निकाय) मा चीनको संविधानमा नयाँ राजनीतिक सिद्धान्त ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद अर्थात ‘सी चिङफिङ विचारधारा’ लाई जोडेको थियो।

नयाँ संवैधानिक परिवर्तन भएको पाँच महिनापछि नेसनल पिपुल्स कंग्रेसले राष्ट्रपतिको निश्चित कार्यकाल अवधिको सीमा हटायो, जसले चीनको राजनीतिमा भुइँचालो नै ल्यायो । यस्तो व्यवस्थासँगै ६५ वर्षीय चिनियाँ राष्ट्रपति सी चिङफिङलाई सम्भवतः अझै २० वर्षसम्म राष्ट्रपतिको पद सम्हाल्ने बाटो खुलेको छ ।

यसर्थ, उनको सिद्धान्तले आउँदा दशकमा चीनको विकास तथा विश्व मामिलामा चीनको सहभागितालाई नयाँ आकार देला भन्ने अपेक्षा गरिएको छ ।

चीनले निर्मल पुर्जालाई शिशापाङ्गमा आरोहणको अनुमति दियो

चिनियाँ कम्युनिस्ट पार्टीको संविधानमा सीको नाम र विचारधारलाई समावेश गरिनुले उनलाई चीनका संस्थापक नेता सरहको हैसियतमा राखेको छ ।

यसअघि चीनका संस्थापक नेता माओत्से तुङ र आधुनिक चीनको नक्सा कोर्ने नेता देङ सिआओ पिङको नाममात्र संविधानमा समाहित गरिएको थियो ।

राष्ट्रपतिको निश्चित कार्यकालको सीमाअवधि हटाइएपछि चिनियाँ राष्ट्रपति सी माओपछिकै शक्तिशाली चिनियाँ नेता भएको तर्क धेरैले गरेका छन्।

यस्तो तर्कमा सत्यता भएपनि सीले माओवादी सर्वसत्तावाद पुनर्जागृत गर्ने प्रयास गरिरहेका छन् भन्ने होइन । देङयताका नेतामध्ये विगतको माओवादप्रति सबैभन्दा सकारात्मक धारणा राख्ने नेताका रूपमा सी देखिए पनि उनी फलाेअर भने होइनन्। सीको शासन को तौर तरिका माओपछिका चिनियाँ कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष लिउ साओचीको झैँ देखिएको छ ।

लेनिनवादतर्फ समर्पीत नेता लिउले चिनियाँ विशेषतामा आधारित पार्टी–राज्य निर्माणका लागि कन्फुसियन विचारधारा अँगालेका थिए ।

लिउका लागि पार्टी अत्यन्तै महत्वपूर्ण थियो भने माओका लागि पार्टी आवश्यक थिएन, जस्तो कि सांस्कृतिक क्रान्तिले नै प्रमाणित गरिदियो । यसर्थ, माओले जस्तो अस्तव्यस्ततामा रमाउनुभन्दा पनि कम्युनिस्ट पार्टीमार्फत शक्ति तथा नियन्त्रणको इच्छा राखेका लिउको पथमा सी हिड्न चाहन्छन्। राजनीतिक, सैन्य, नागरिक तथा शैक्षिक क्षेत्रसम्बन्धी नीतिमा ‘सी चिङफिङ विचारधारा’ लागू गरेर चीनको नेतृत्व गर्ने चाहना सीको छ।

देङ र सीबीचको नीतिमा पनि ठूलो भिन्नता देखिन्छ । देङका सुधार योजनालाई व्यवहारवाद तथा परीक्षणवादले परिभाषित गरेको थियो, जसको उद्देश्य आधुनिकीकरणको सबैभन्दा प्रभावकारी उपायको पहिचान गर्नु थियो ।

राष्ट्रपति सीको सुरक्षा: विमानस्थलमा कडाई, मोरङमा ५ तिब्बती पक्राउ

सन् १९८० को दशकमा देङले चिनियाँ कम्युनिस्ट पार्टीलाई राज्यबाट अलग्गै राख्न सकिने सम्भाव्यता बारे विचार गरेका थिए । यद्यपि, सन् १९८९ मा प्रजातन्त्र पक्षधर तिआनान–मेन स्क्वायरमा आन्दोलन भएपछि यस्तो विचारबाट उनी पछि हटे । जेहोस, देङ र उनी पछिका जिआङ जेमिन तथा हुँ जिन्ताओले पश्चिमा मुलुकप्रति चीनलाई निरन्तर खुला गर्दै गए भने केही उदारवादी विचारलाई उनीहरूले ठाउँ दिए ।

तर, सीको मामिलामा यस्तो देखिन्न । सीले प्रतिबद्धता जाहेर गरेको गहिरो सुधार योजनालाई जटिलढंगबाट परिभाषित गरेका छन्। राजनीतिक परीक्षण तथा उदार मूल्य–मान्यताका लागि चीनमा कुनै ठाउँ नभएको ठम्याई छ सीकाे। उनी प्रजातान्त्रीकरण, नागरिक समाज र विश्वव्यापी मानवअधिकारलाई अभिशापका रूपमा लिन्छन्।

उनको भ्रष्टाचार अभियानमार्फत कम्युनिस्ट पार्टी माथिको पकड बलियो बनाउनु र कृत्रिम बैद्धिकता जडित अत्याधुनिक प्रविधिमार्फत आम जनमानसलाई नियन्त्रणमा राख्नु नै गहिरो सुधारजस्तो देखिएको छ । यस प्रकारको डिजिटल अधिनायकवाद मार्फत चीनमा उदारवाद तथा प्रजातान्त्रिक विचार फैलिनबाट रोक्न वा चीनलाई बाँकी विश्वसँगको सम्पर्कबाट रोक्न सकिन्छ भन्ने विश्वास सीको छ ।

उपभोक्ता तथा लगनीकर्ताका रूपमा चिनियाँ नागरिकले स्वतन्त्रताको अभ्यास त गर्लान, तर नागरिक समाज वा नागरिक बहसमा सहभागी हुने स्वतन्त्रता उनीहरूलाई छैन । यसर्थ, आफ्नो विचारधाराको मुख्य उद्देश्य ‘मेक चाइना ग्रेट अगेन’ हासिल गर्न अन्तर्राष्ट्रिय स्तरमा चीनलाई खुला गर्ने र राज्य नियन्त्रणबीचको तनावलाई व्यवस्थित गर्नु सीका लागि अपरिहार्य छ । अर्कोतर्फ, पार्टी केन्द्रित राष्ट्रवादमार्फत चिनियाँ कम्युनिस्ट पार्टी र सी स्वयंको प्रभुत्वलाई चिनियाँ नागरिकले अँगाल्छन् भन्ने धारणा पनि उनमा देखिन्छ ।

प्रविधिको क्षेत्रमा आफूलाई अब्बल साबित गरेर विश्वस्तरमा चीनको उपस्थितिलाई बलियो बनाउन सकिने अपेक्षा सीको छ । यसर्थ, प्रविधिको क्षेत्रमा कार्यरत देशका उत्कृष्ट व्यक्तिलाई राज्यले पूर्ण समर्थन र सहायता गरिरहेको छ । आफूले अघि सारेको ‘मेड इन चाइना २०२५’ रणनीतिलाई पूरा गर्न सीले प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन्।

यसैबीच, अमेरिकाले भने चीनले अस्वस्थ र अनुचित प्रतिस्पर्धा गरेको भन्दै चीनको आलोचना गरेको छ । यही सन्दर्भमा, चिनियाँ कम्पनी हुवावेलाई अमेरिकाले निशाना बनाएको घटनालाई संयोग मात्र भन्न सकिँदैन।

 

प्रकाशित मिति: : 2019-10-11 23:26:02

प्रतिकृया दिनुहोस्