एक दिवसीय क्रिकेटको वरियतामा नेपाल खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सार्वजनिक गरेको पछिल्लो वरियता अनुसार नेपाल एक स्थान तल झरेर १६औं स्थानमा पुगेको हो। यसअघि नेपाल १५औं स्थानमा थियो।
वरियताको शीर्ष स्थानमा विश्व कप विजेता इंग्ल्यान्ड छ। दोस्रोमा भारत, तेस्रोमा विश्व कपको उपविजेता न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैठौंमा पाकिस्तान छ।
बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दसौं स्थानमा छन्।
यस्तै एघारौं स्थानमा आयरल्यान्ड, १२ औं स्थानमा जिम्बावे, १३ औंमा नेदरल्यान्ड्स, १४ औंमा स्कटल्यान्ड र १५ औं स्थानमा ओमान छ।
नेपाल भन्दा पछाडि युएई १७ औं र पपुवा न्युगिनी १८औं स्थानमा छन्।
यस्तै आइसिसीले जारी गरेको टी ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत छ।
पाकिस्तान टी ट्वान्टीको वरियताको शीर्ष स्थानमा छ।
यस्तै दोस्रो स्थानमा इंग्ल्याण्ड, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा भारत र पाँचौमा अष्ट्रेलिया छ। यस्तै छैठौंमा न्यूजिल्याण्ड, सातौमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौमा वेष्टइन्डिज र दशौंमा बंगालदेश छ।
यो फर्म्याटमा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया