स्पेनिस घरेलु फुटबल लालिगाको यो सिजन अचम्मलाग्दो किसिमले सुरू भएको छ ।
पहिलो म्याचमै डिफेन्डिङ बार्सिलोनालाई एथ्लेटिक बिलबाओले १-० ले हराएर सनसनी मच्चाइ दियो । कप्तान मेस्सी बिनै मैदानमा उत्रेको बार्साका एक से एक महारथिहरूले विपक्षी टिमको गलोपोष्ट नै देखेनन् । सुरेज र डेम्बेललेले त देखेनन् , नयाँ आउका ग्रिजम्यानले पनि गोलपोष्ट ठम्याउन सकेनन् ।
बार्साका महारथिले मात्र हैन, बिलबाओका रथिहरूले पनि ८८ मिनेटसम्म गोलरहित बराबरी खेले ।
साविक विजेता बार्सिलोना ला लिगाको उद्घाटन खेलमा एथ्लेटिक बिल्बाओसँग ०-१ गोलले पराजित भयो l ८८औ मिनेटमा मैदान पसेका बिलबाओका अतिरिक्त खेलाडी अदुरिजले मैदान छिरेको अर्को मिनेटमै बाइसाइकल किकमार्फत् गोल गरेर बार्सालाई स्तब्ध पारिदिए । ३८ वर्षीय भेट्रन खेलाडी अदुरिजको त्यो गोल एक अविष्मरणीय गोल थियो ।
निर्धारित समय सकिन एक मिनेट बाँकि रहेको बेला स्तब्ध भएको बार्साका लागि गोल फर्काउने समयले नै बाँकि भएन ।
बार्सा हारे पनि ला लिगाको यो पहिलो गोल दर्शनीय रह्यो l
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया