विश्वकप छनोट अन्तर्गत नेपालले कुवेतसँग खेल्ने होम म्याच कुवेतमै नहुने भएको छ।
आगामी भदौ १९ गते नेपालमै हुनुपर्ने होम म्याच रंगशाला अभावका कारण कुवेतमै खेलाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्ताव स्वीकार्न नसक्ने भन्दै फिफाले एन्फालाई पत्र पठाएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपालको ‘होम एण्ड अवे’ दुवै खेल कुवेतमै नगर्न आग्रह गर्दै अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।
अब कुवेतविरुद्ध हुने भदौ १९ को खेल न्यूट्रल भेन्यु अर्थात् तटस्थ मैदानमा खेलाउनुपर्नेछ। एन्फाले न्युट्रल भेन्यूका विषयमा बुधबार सम्म तय गर्ने बताएको छ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको भनिएको दशरथ रंगशालामा समयमै पुनर्निमाण हुन नसक्ने भएपछि नेपालले विश्वकप छनोट अन्तर्गतको होम खेल समेत कुवेतमै खेल्ने तयारी गरेको थियो।
विश्वकप छनोटको समूह‘बी’ मा रहेको नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेसँग खेल्नेछ।
कुवेतपछि भदौ २४ गते नेपालले चाइनिज ताइपेसँग पनि न्यूट्रल भेन्यूमा खेल्ने सम्भावना छ। किनकी त्यो पनि नेपालको होम म्याच हो ।
यस निर्णयले नेपालले यी राष्ट्रविरुद्ध होम म्याच पछि खेल्ने निर्णयलाई भने प्रभाव पारेको छ। यदि एन्फाको अन्य प्रस्ताव पनि स्वीकार नभएको खण्डमा नेपालले चैत १८ मा अष्ट्रेलियाविरुद्ध मात्र घरेलु मैदानमा खेल्नेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया