नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रदर्शन सुधारेपछि गए राति टोरन्टो नेशनलले मोन्टरियल टाइगर्सलाई ४ विकेटले हराएको छ।
मोन्टरियलले दिएको १३७ रनको लक्ष्य टोरन्टोले १७.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
टोरन्टोको जितमा चिराग सुरीको अर्धशतक र ग्रीनको संयमित ब्याटिङमा निर्णायक रह्यो।
चिरागले ३७ बलमा ५२ रन जोड्ने क्रममा ७ चौका र १ छक्का प्रहार गरेका थिए। ग्रीनले २९ बलमा २ चौका र १ छक्कासहित नटआउट ३० रनको योगदान दिए।
हेनरिक कालसेनले २० रन बनाउँदा रविन्द्र पाल सिंहले १५ रन जोडेका थिए।
मोन्टरियलका लागि आलास डेर र फावद अहमदले समान २-२ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मोन्टरियलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो।
उसका लागि ओपनर काइल कोट्जरले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। लगातार विकेट खसेपछि मोन्टरियलले कमजोर योगफल खडा गरेको थियो ।
टोरन्टोका लागि सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। उनले १६ औं ओभरको पहिलो बलमा म्याट क्रसलाई एलबीडब्लु धरापमा पारेका थिए।
अघिल्लो दिन सन्दीप महँगो सावित हुँदा टोरन्टो पराजित हुन पुगेको थियो। टोरन्टोका लागि क्रिस गरिन र सलमान नाजारले २-२ विकेट लिए। मक्क्लिनाघन र गोर्डनको नाममा १-१ विकेट रह्यो।
टोरन्टो यस जितसँगै ५ खेलमा २ जित र ३ हारसहित ४ अंक लिएर चौथो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको वल्भ्सको ५ खेलमा ८ अंक रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया