नेपाल सिंगापुरमा टी-ट्वान्टी विश्वकप छनौटका लागि एसियन क्षेत्रीय छनौट प्रतियोगितामा सहभागी हुन जानुअघि अमेरिकी राजदूत बेरीले नेपाली टिमलाई शुभकामना दिएका थिए । काठमाडौंको भेलोसिटी एरिनामा गएर नेपाली टिमका कप्तान पारस खड्कासँग क्रिकेट खेल्न सिकेका पनि थिए । उनले कप्तान खड्काबाट क्रिकेट खेलको बारेमा केही टिप्ससमेत प्राप्त गरेका थिए ।
उनले त्यहाँ ब्याटिङ र बलिङ दुबैमा केही समय अभ्यास पनि गरेका थिए ।
राजदूत बेरीले नेपाली युवामा क्रिकेटप्रतिको बढ्दो रूचि र उनीहरूले हासिल गरेको उपलव्धीले नेपाली क्रिकेटका सुनौला दिनहरू नजिक आइरहेको बताएका थिए । उनले आफू क्रिकेटका बारेमा जानकार नभए पनि यसमा रूचि बढेको जानकारी पनि दिएका थिए ।
उनले कप्तान पारस खड्का र नेपाली टिमलाई सिंगापुरमा विजयी भएर विश्वकप छनौट हुनका लागि शुभकामना पनि दिएका थिए । उनले भनेका थिए- म टी-ट्वान्टी विश्वकपका लागि नेपाल छानिएको सुन्न आतुर छु । मलाई विश्वास छ मलाई त्यो वधाई दिने अवसर प्राप्त हुनेछ ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया