सिंगापुर । सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।
पछिल्लो खेल चोटका कारण गुमाएका नेपाली कप्तान पारस खड्का टोलीमा फर्किएका छन्।
मलेसियाविरूद्धको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ। कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी टोलीबाट बाहिरिएका छन् ।
नेपालको प्लेइङ ११ :
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. रोहितकुमार पौडेल
कतारलाई १० रनले हराएको जितसँगै कुवेत ३ खेलमा समान १ मा जित,१ बराबरी र १ हारका साथ ३ अंक जोड्दै दोस्रो स्थानमा छ।
कुवेत पहिलो खेलमा मलेसियासँग ४२ रनले पराजित हुँदा सिंगापुरसँग वर्षाको कारण अंक बाड्नु परेको थियो ।
नेपाल २ खेलमा समान १ मा जित र हारका साथ तेस्रो स्थानमा छ। नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो।
नेपालले कुवेत रभोलि सिंगापुरलाई हराउन सके सोझैं ग्लोबल छनोटमा पुग्नेछ।
नेपाललाई अघिल्लो चरणको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ।
हेर्नुहोस् LIVE
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया