सिंगापुरमा जारी आइसीसी टी २० विश्वकपको एसिया छनोट फाइनलमा विजेता बनेर विश्वकप क्वालिफायरमा छनोट हुने नेपालको सम्भावना बलियो भएको छ।
शुक्रबार इन्डियन एसोशिएसन क्रिकेट मैदानमा भएका दुबै खेलमा नेपाल अनुकुल नतिजा आएपछि नेपालको सम्भावना बढेको हो।
छनोट अन्तर्गत आज सिंगापुर र कुवेतले आ-आफ्नो खेल जितेपछि नेपाललाई अघिल्लो चरण प्रवेशको बाटो केही सहज भएको हो। तर, त्यसका लागि नेपालले अब बाँकी दुबै खेलमा कुवेत र सिंगापुरलाई जित्नैपर्ने हुन्छ।
सिंगापुरको इन्डियन एसोसियसन मैदानमा मलेसिया सिंगापुरसँग र कतार कुवेतसँग हारेपछि नेपालको शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको हो।
सिंगापुरले मलेसियालाई ८ विकेटले हराउँदा कुवेतले कतारलाई १० रनले पाखा लगायो।
शीर्ष स्थानका लागि अब नेपालसँगै सिंगापुर र कुवेत दावेदार बनेका छन्।
जसमा नेपालले भोलि कुवेतसँग खेल्नेछ भने प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग खेल्नेछ। दुबै खेलमा नेपाल विजयी हुनैपर्छ।
आजको खेलपछि अहिले शिर्ष स्थानमा रहेको सिंगापुरको तीन खेलबाट ५ अंक भएको छ भने कुवेतको समान खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ।
२ खेल खेलेको नेपाल २ अंकसहित तेस्रो तथा एक खेल बढी खेलेको मलेसिया २ अंकसहित चौथो स्थानमा छ। मलेसिया र कतारको अघिल्लो चरण प्रवेश सम्भावना सकिएको छ।
अंक तालिका
| देश | खेल | जित | हार | अंक | रनरेट |
|---|---|---|---|---|---|
| सिंगापुर | ३ | २ | 0 | ५ | २.३३५ |
| कुवेत | ३ | १ | १ | ३ | -0.८ |
| नेपाल | २ | १ | १ | २ | 0.१२३ |
| मलेसिया | ३ | १ | २ | २ | -0.४२९ |
| कतार | ३ | १ | २ | २ | -0.५९६ |
अब नेपाललाई दुबै खेलमा स्पष्ट जित निकाले ६ अंकसहित विजेता बनेर युएई भ्रमण जाने निश्चित छ। यदि कुनै खेल वर्षाले अवरूद्ध भएमा अर्को खेलमा नेपालले फराकिलो अन्तरमा विपक्षीलाई हराउनुपर्ने हुन्छ। त्यसैले नेपालका लागि दुबै खेल ठूलो अन्तरमा जित्नैपर्ने दबाब हुन्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया