सोमबार, १५ डिसेम्बर २०२५

नेपाललाई तेस्रो झड्का, शरद भेसवाकर पनि आउट

News Image
तस्बिरः एजेन्सी
• • •

सिंगापुर । सिंगापुरमा जारी आईसिसि टी २० विश्वकप छनोट एसिया फाइनल अन्तर्गत कतारविरूद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले तेस्रो विकेटका रूपमा शरद भेसवाकरलाई आउट गरेको हो।

भेसवाकरले १३ बल खेल्दै ७ रन बनाएर आउट भए।

यसअघि पावर प्लेको अन्तिम बलमा कप्तान पारस खड्कालाई गुमाएको थियो। त्यसको केही समय पछि नै अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई २३ रनमा गुमायो।

मल्लले २४ बल खेल्दै २ चौका र एक छक्का प्रहार गरेका थिए।  

यसअघि कप्तान पारस खड्काले १७ बलमा ४ चौका र एक छक्कासहित २८ रन बनाएर आउट भए।

नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदार गरेको थियो। यो साझेदारी अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेपालको सर्वाधिक साझेदारीसमेत हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!