भारतले चिनियाँ राष्ट्रपतिको भ्रमण सार्वजनिक गरेपछि नेपालले पनि गर्यो

फाइल फाेटाे। बिएल।

चिनियाँ राष्ट्रपति सी जिनपिङको २ दिने अनौपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेको केही घण्टापछि नेपालले पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको औपचारिकता पुष्टी गरेको छ।

भारतको विदेश विभागले बिहान चिनियाँ राष्ट्रपतिले अक्टुबर ११ र १२ मा चेन्नईमा आयोजना हुने अनौपचारिक शिखर सम्मेलनमा भाग लिने सार्वजनिक गरेको थियो। राष्ट्रपति जिनपिङ अक्टुबर १३ मा नेपाल आइपुग्ने छन्।

केही दिनअघि अमेरिकाबाट फर्किएका विदेश मन्त्री प्रदीप ज्ञावलीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बारे आफूलाई जानकारी नभएको बताएका थिए। चिनियाँ राष्ट्रपति जिनपिङको भारत भ्रमण पक्का भएपछि परराष्ट्र मन्त्रालयले पनि दिउँसो विज्ञप्ती सार्वजनिक गरेको थियो।

राष्ट्रपति जिनपिङ अक्टुबर १३ मा नेपालको औपचारिक भ्रमण सुरु गरेर अक्टुबर १४ मा चीन फर्किने छन्। उनी भारत हुँदै नेपाल आउन लागेका हुन्। चिनियाँ राष्ट्रपतिले २३ वर्षपछि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन्। यसअघि सन् १९९६ मा ज्याङ जमिन तत्कालिन राजा वीरेन्द्रको पाहुना बनेर नेपाल आएका थिए।

प्रकाशित मिति: : 2019-10-09 13:52:14

प्रतिकृया दिनुहोस्