महराको स्वास्थ्य परीक्षण बीर अस्पतालमा

सादा पोशाकका प्रहरीसँग महरा : यो दिन पनि देख्नु पर्यो ! तस्बिर : बीएल

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य परीक्षण गर्न बीर अस्पताल लगिएको छ। आईतबार साँझ पक्राउ परेका महरालाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिहदरबारको हिरासतमा राखेको छ।

प्रहरी स्रोतका अनुसार केही समयअघि महरालाई प्रहरीले हिरासत कक्षमा लिनुअघि गरिने नियमित स्वास्थ्य परीक्षणका लागी अस्पताल लगिएको हो। स्वास्थ्य परीक्षण गराएर ल्याएपछि महरालाई हिरासत कक्षमा राखिने प्रहरी स्रोतले जानकारी दियो । महरालाई अहिलेसम्म कसैसँग भेटघाट गर्न नदिएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् 
विदेशी नेपाली थालमा रम्दै, नेपाली थाल विर्सदै: डाक्टर निर्मला

जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आइतबार पक्राउ पुर्जी जारी भएपछि प्रहरीले महरालाई सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो। संसद सचिवालयमा कार्यरत रोशनी शाहीले आफुलाई बलात्कारको प्रयास गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै महराले पदबाट राजिनामा दिएका थिए।

पीडित महिलाले महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

महरालाई प्रहरीले आइतबार सरकारी निवास बालुवाटार पुगेर पक्राउ गरेको हो।

 

 

प्रकाशित मिति: : 2019-10-06 21:37:40

प्रतिकृया दिनुहोस्