एजेन्सी – ब्राजिलमा जारी कोपा अमेरिका २०१९ मा अर्जेन्टिना तेस्रो भएको छ।
शनिबार सम्पन्न खेलमा सर्जियो अग्यूरो र पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए।
खेलको १२ औं मिनेटमा सर्जियो अग्यूरोले गोल गर्दै अर्जेन्टिनालाई सुरूवाती अग्रता दिलाएका थिए। कप्तान मेसीको पासमा उनले गोल गरेका थिए।
त्यसको १० मिनेटपछि जिओभानी लो सेल्सोको पासमा डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।
पहिलो हाफको ३७ औं मिनेटमा अर्जेन्टिनाका लिओनेल मेसी र चिलीका ग्यारी मेडेलले रातो कार्ड पाउँदै मैदाबाट बाहिरिए
रेफ्रीले दुवै खेलाडीले एक अर्कालाई अनावश्यक ठेल्न थालेपछि रातो कार्ड देखाएका थिए। बल बाहिर गइसकेपछि मेडेलले मेसीलाई टाउकोले हान्न खोजेका थिए, तर रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए। यो मेसीको करिअरको दोस्रो रातो कार्ड हो।
दोस्रो हाफमा चिली खेलमा फर्कियो। आर्टुरो भिडालले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१को स्थितिमा ल्याए। तर अत्यान्तै प्रतिश्पर्धात्मक खेलमा थप गोल हुन नसक्दा अर्जेन्टिनाले खेल २-१ ले जित्यो र तेस्रो स्थान हासिल गर्यो।
कोपा अमेरिकाको उपाधिका लागि आज राति घरेलु टोली ब्राजिल र पेरु खेल्दैछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया