कोपा अमेरिका २०१९ को क्वाटरफाइनल समीकरण पूरा

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। समूह 'सी' अन्तर्गत समूह विजेता र उपविजेताको टुंगो लागेसँगै प्रतियोगिताको अन्तिम ८ टोली तय भएको हो।

समूह ‘सी’अन्तर्गत मंगलबार बिहान भएको खेलमा उरुग्वेले चिलीलाई  १० ले पराजित गरेको छ। काभानीले खेलको ८२औं मिनेटमा गरेको गोल नै चिलीलाई समुह उपविजेताका रूपमा अन्तिम आठमा पु्र्यायो । 

समूह 'सी' बाट उरूग्वे समूह विजेता भन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

समूह 'सी' कै अर्को खेलमा जापान र इक्वेडरले १–१ गोलको बराबरी खेलेर दुबै बाहिरिए ।

समूह चरण पार गर्दै उरुग्वे, चिली, ब्राजिल, अर्जेन्टिना, पाराग्वे, भेनेजुला, पेरु र कोलम्बियाले क्वार्टरफाइनलको यात्रा तय गरेका छन्। पाराग्वे र पेरु उत्कृष्ट ३ मध्ये २ मा पर्दै क्वार्टरफाइनल प्रवेश गरे।

क्वार्टरफाइनलमा ब्राजिल र पाराग्वे, अर्जेन्टिना र भेनेजुयला, कोलम्बिया र चिली तथा उरुग्वे र पेरु आम्नेसाम्ने हुनेछन् । 

प्रकाशित मिति: : 2019-06-25 09:49:57

प्रतिकृया दिनुहोस्