सोमबार, १५ डिसेम्बर २०२५

कोपा अमेरिका २०१९ : मेस्सीको म्याजिक नचल्दा अर्जेन्टिना निरिह

News Image
निरिह मेस्सी....... ! : तस्बिर : ईएसपीएन
• • •

कोपा अमेरिका २०१९ मा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । क्याप्टेन मेस्सीको म्याजिक नचल्दा समूह चरणको पहिलो म्याचमै ऊ कोलम्बियासँग २–० ले पराजित भएको छ । 

समूह बी मा रहेको अर्जेन्टिनाले गोलको खाता नै खोल्न सकेन । तर, कोलम्बियाका लागि खेलको ७०औँ मिनेटमा रोजर मार्टिनेज र ८६औँ मिनेटमा डुवन जापाताले गोल गरे।

कोपा अमेरिकामा यसपटक तीन समूहमा विभाजित भएर १२ टिम प्रतिसस्पर्धा गरिरहेका छन् ।समूह बी मा अर्जेन्टिनासहित कोलम्बिया, पाराग्वे र कतार  रहेका छन् । समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् भने समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।

यसैबिच समूह ए अन्तर्गत भएको एउटा खेलमा ब्राजिल बोलिभियाविरूद्ध ३ ० ले विजयी भएको छ भने भेनेजुएला र पेरुले गोलरहित बराबरी खेलेका छन् । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!