डेविड वार्नरले शतक प्रहार गरेसँगै एक दिवसीय विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ ।
टाउन्टनमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै ३ सय ७ रनमा समेटियो।
उत्कृष्ट सुरूवात गरेको अष्ट्रेलियाको मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो।
अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले शतक प्रहार गरे। वार्नरले १ सय २ बलमा आफ्नो विश्वकपमा दोस्रो तथा वान डे करियरको १५ औं शतक पुरा गरेका हुन्।
अफ्रिदीले इमाम उल हकबाट क्याच आउट गराउनु अघि १ सय ११ बल खेलेका उनले ११ चौका र १ छक्का सहित १ सय ७ रन बनाए।
पहिलो विकेटका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले १ सय ४६ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। तर अष्ट्रेलियाले अन्तिम ९ ओभरमा ५१ रन जोड्न ६ विकेट गुमाउँदा ठूलो योगफल बनाउन चुकेको हो ।
कप्तान फिन्चले ८२ रन बनाउने क्रममा ८४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै स्टिभ स्मिथ १० रनमा क्याच आउट हुँदा ग्लेन म्याक्सवेल २० रनमा बोल्ड भए।
यस्तै शन मार्शले २३, उस्मान खवाजा १८ र नाथन कुल्टर नाईल २ रनमा क्याच आउट भए। तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट भए ।
विकेटकीपर एलेक्स केरिले २०, प्याट कमिन्स २, मिचेल स्टार्क ३ रनमा आउट भए।
पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए।
त्यस्तै शाहिन शाह अफ्रिदी २ तथा हसन अली, मोहम्मद हफिज र वहाब रियाजले समान १-१ विकेट हात पारे ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया