विश्व कप टोलीबाट बाहिरिए पनि मोहम्मद रिजवान र आबिद अली इंग्ल्यान्डमै रहने पाकिस्तानी क्रिकेट बोर्डले जानकारी दिएको छ।
बोर्डले ‘ब्याक–अप’ खेलाडीको रुपमा यी दुबै खेलाडीलाई इंग्ल्यान्डमा राख्ने निर्णय गरेको हो। पाकिस्तानले गत साता १५ सदस्यीय टोलीको घोषणा गर्ने क्रममा रिजवान र अलीको नाम काटिएको थियो।
यी दुबै ब्याट्सम्यानलाई पहिले प्रारम्भिक टिममा समावेश गरिएको थियो। युनाइटेड अरब इमिरेट्स (युएई) मा अस्ट्रेलियाविरूद्ध भएको एकदिवसीय शृंखलामा विकेटकिपर ब्याट्सम्यान रिजवानले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले दुई सतक बनाएका थिए।