अमेरिका र क्यानडाले खेलेका थिए, विश्वको पहिलो क्रिकेट म्याच (भिडियो सहित)

Agency

बिएल– विश्व कप क्रिकेट–२०१९ विशेष

धेरैलाई अचम्म लाग्न सक्छ, विश्वको पहिलो अन्तर्राष्ट्रिय खेल क्यानडा र अमेरिकाबीच भएको थियो भन्ने सुन्दा। तर, यो सत्य हो। क्यानडा र अमेरिकाले न्यायोर्कस्थित सेन्ट जर्ज क्रिकेट क्लबको ब्लुमिङडाल पार्कमा विश्वको पहिलो क्रिकेट खेल खेलेका थिए। 

यो खेल सन् १८४४ को सेप्टेम्बर २४–२५ मा भएको थियो ।

क्यानडामा आफ्नो सम्राज्यस्थापित गरेका बेलायती शासकहरूको रोहवरमा क्यानडाको टोली अमेरिकामा क्रिकेट खेल्न पुगेको थियो।

पहिलो अन्तर्राष्ट्रिय क्रिकेट क्यानडाले २२ रनले जितेको थियो । यो खेल हेर्न स्थानीय ब्लुमिङडाल पार्कमा ५ देखि २० हजारसम्म मानिसहरू जम्मा भएको अनुमान इतिहासकारहरूले लगाएका छन्। खेलको नतिजालाई लिएर १ लाख २० हजार अमेरिकी डलरको बाजी लागेको थियो ।

प्रकाशित मिति: : 2019-05-28 11:37:55

प्रतिकृया दिनुहोस्