आईसीसी एकदिवसीय विश्कप अघि भएको दोस्रो वार्मअप खेलमा अफगानिस्तानमाथि इंग्ल्यान्डले सानदार जित निकालेको छ।
घरेलु टोली इंग्ल्यान्डले सोमबार साँझ अफगानिस्तानलाई ९ विकेटले हराउँदै उत्कृष्ट जित निकालेको हो।
अफगानिस्तानले दिएको १ सय ६१ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले मात्र १ विकेट गुमाएर १७.३ ओभरमा पुरा गर्यो।
सहज जित निकाल्ने क्रममा ओपनर जोसन रोयले सर्वाधिक ८९ रन बनाए। ४६ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गर्दै अभिजित रहे।
त्यस्तै जोनी बेयस्टोले ३९ रन जोड्दा जो रूट २९ रनमा नटआउट रहे।
यसअघि ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३८.४ ओभरमा अल आउट हुँदै १ सय ६० रनमा समेटियो। उसका लागि मोहम्मद नाबीले सर्वाधिक ४४ रनको महत्वपूर्ण योगदान दिए।
यस्तै दवालत जद्रानले २० रन बनाउँदा अफ्तव आलमले ६ रन जोडे।
ओपनर नुर अलीले ३० बनाउँदा अर्का ओपनर हज्रतुल्लाह जजाई ११, सामथ शाह ३, हसमतुल्लाह साहिदी १९, अस्गर अफगान १०, राशिद खान शून्य र कप्तान गुलबदीन नाइब १४ रनमा आउट भए।
इंग्ल्यान्डका लागि जो रूट र जोफ्रा आर्चरले ३-३ विकेट लिँदा बेन स्ट्रोक्स र मोइन अलीले १-१ विकेट लिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया