नेपालमा स्थानीयस्तरमा आयोजना हुने दौड प्रतियोगितामा कुकुरहरू प्रवेश गरेर खेल भाडेको धेरै देख्नु भएको होला।
यही रमाइलो घटना हालै चीनमा पनि भएको छ। तर, यहाँ भने कुकुरले प्रतियोगिता भाड्नुको सट्टा तेस्रो स्थान ओगटेर सबैलाई चकित तुल्याएको छ।
चीनको निङसिया प्रान्तस्थित बिफाङ विश्वविद्यालयको एउटा खेल प्रतियोगितामा यो घटना भएको हो। २३ मेमा आयोजना भएको एक सय मिटर दौडमा ८ विद्यार्थीले भाग लिएका थिए।
उनीहरू दौडिने क्रममा अचानक एउटा कुकुर ट्रयाकमा प्रवेश गरेको थियो। आयोजकका अनुसार प्रतियोगिताको बीचमा प्रवेश गरेको कुकुरले अन्य प्रतिस्पर्धीसँगै दौड पुरा गरेको थियो।
प्रतियोगिताको भाइरल भएको भिडियोमा कुकुरले तेस्रो स्थानमा दौड पुरा गरेको थियो।
आयोजकका अनुसार दौडमा बीचैमा भाग लिएको कुकुर विगत ४ वर्षदेखि विश्वविद्यालय भित्रै बसोबास गर्दै आइरहेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया